Kathmandu Press

कांग्रेसले गरायो संविधान संशोधन प्रस्ताव दर्ता 

काठमाडौं, जेठ २० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गराएको छ। कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयअनुसार संशोधन प्र....

कांग्रेसले गरायो संविधान संशोधन प्रस्ताव दर्ता 

काठमाडौं, जेठ २० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गराएको छ। कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयअनुसार संशोधन प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद अमरेशकुमार सिंहले जानकारी दिए । 

सो संशोधन प्रस्ता कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएका बेलामा पनि दर्ता भई अस्वीकृत भएको थियो । अहिले सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेकै बेला कांग्रेसले पनि सो प्रस्ताव पेश गरेको हो । 

सिंहलगायतका सांसद संघीय संसद् सचिवालय पुगेर संशोधन प्रस्ताव दर्ता गराएका थिए । सिंहले संशोधन प्रस्ताव दर्ता भएको र दर्ता नम्बर २ रहेको बताए । 

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्