काठमाडौं मेडिकल कलेजका चार जना चिकित्सकमा कोरोना पुष्टि
काठमाडौं, जेठ २० : काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्....

काठमाडौं, जेठ २० : काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा तीन महिला र एक जना पुरुष छन्। उनीहरु २४ देखि ३२ वर्ष उमेर समूहका तीन महिला र २८ वर्षीय पुरुष रहेका छन्।
प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











