Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

कास्की, जेठ २० : गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो संँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुगेको छ।&....

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

कास्की, जेठ २० : गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो संँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुगेको छ। 

मंगलबार स्याङ्जाको चापाकोट नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै पर्वतको फलेवास घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई पुरुष र महाशीला गाउँपालिकाको १९, २० र २१ वर्षीय तीन पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएकाे हो। 

नयाँ संक्रमण पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले बताए।

हालसम्म गण्डकी प्रदेशमा स्याङ्जामा १२, बाग्लुङमा आठ, नवलपरासीमा नौ, पर्वतमा पाँच, तनहुँ, लमजुङ तथा म्याग्दीमा एक–एक गरी कूल ३७ जना संक्रमित रहेका छन्।

हालसम्म तीन जना निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशमा हालसम्म तीन हजार ७०१ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३०१ मा संक्रमण देखिएको छैन। परीक्षणका लागि नमूना लिइएकामध्ये ३६३ जनाको नतिजा आउन बाँकी रहेको छ। 

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्