Kathmandu Press

सातै प्रदेशका ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, जेठ २० : कोरोना भाइरसको संक्रमण करिब देशभरि नै फैलिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशका ६२ जिल्लामा संक्रमण देखिएको छ।

म....

सातै प्रदेशका ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण
स्वास्थ्य मन्त्रालय।

काठमाडौं, जेठ २० : कोरोना भाइरसको संक्रमण करिब देशभरि नै फैलिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशका ६२ जिल्लामा संक्रमण देखिएको छ।

मंगलबारसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दुई हजार ९९ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये आठ जनाको मृत्यु भएको छ भने दुई सय ३९ जना निको भएर घर फर्केका छन्।

प्रदेश १ का १४ जिल्लामध्ये १० जिल्लामा संक्रमण देखिएको छ। ताप्लेजु, पाँचथर, इलाम र तेह्रथुममा मात्रै संक्रमण देखिएको छैन।

प्रदेश २ का भने सबै जिल्लामा संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमित पनि प्रदेश २ मै रहेका छन्।

त्यस्तै, बागमती प्रदेशमा पनि १३ जिल्लामध्ये १२ जिल्लामा संक्रमण देखिएको छ। अहिलेसम्म रसुवामा मात्रै कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अन्य प्रदेशभन्दा गण्डकीमा भने संक्रमण कम देखिएको छ। गण्डकीका ११ जिल्लामध्ये ६ जिल्लामा मात्रै संक्रमण देखिएको छ। अहिलेसम्म मुस्ता, मना, गोरखा, कास्की र पर्वतमा कोरोना देखिएको छैन।

यस्तै, प्रदेश ५ मा भने १२ मध्ये ११ जिल्लामा संक्रमण देखिएको छ। मंगलबारसम्म रोल्पामा मात्रै संक्रमण देखिएको छैन।

कर्णाली प्रदेशमा पनि अन्य प्रदेशभन्दा कम संक्रमण देखिएको छ। कर्णालीका १० जिल्लामध्ये पाँच जिल्लामा संक्रमण देखिएको छ। डोल्पा, हुम्ला, मुगु, जाजरकोटा र रुकुम पश्चिममा कोरोना देखिएको छ।

यस्तै, सुदूरपश्चिमका नौ वटै जिल्लामा कोरोना देखिएको छ। पछिल्लो समय सुदूरपश्चिम र कर्णालीमा कोरोना संक्रमण बढ्दै गएको छ।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्