डा. केसीको १८औं सत्याग्रह आजदेखि सुरु
दार्चुला, जेठ २० : डा गोविन्द केसीले दुई दिने सत्याग्रह सुरु गरेका छन्।
दार्चुलामा रहेका डा. केसीको यो १८ औं सत्याग्रह हो। उनले य....

दार्चुला, जेठ २० : डा गोविन्द केसीले दुई दिने सत्याग्रह सुरु गरेका छन्।
दार्चुलामा रहेका डा. केसीको यो १८ औं सत्याग्रह हो। उनले यस पटकको अनसनमा दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस् तथा विगतका सत्याग्रहमा गरिएका सम्झौता कार्यान्वयन गरियोस् भन्ने तीन बुँदे माग अघि सारेका छन्।
उनको अनसन मंगलबार बिहान १० बजेदेखि सुरु भइर भोलिसम्म चल्नेछ। उनले यसअघि नै विज्ञप्ति जारी गर्दै आजदेखि सत्याग्रह थालिने बताएका थिए।
प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











