बैतडीको क्वारेन्टाइनमा एक युवतीको मृत्यु
बैतडी, जेठ २० : बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको मालिका माविको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ। केही दिन अघि भारतबाट आएकी युवती....

बैतडी, जेठ २० : बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको मालिका माविको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ। केही दिन अघि भारतबाट आएकी युवतीको सोमबार साँझ मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार युवतीलाई पहिलैदेखि दमको समस्या रहेको थियो।
जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ। उनको स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने भट्टले बताए।
प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











