Kathmandu Press

मानवअधिकार आयोगद्वारा रुकुम घट्नाको अनुसन्धान सुरु

जाजरकोटा, जेठ २० : राष्ट्रिय मानवअधिकार आयोगले रुकुम पश्चिम घटनाको अनुसन्धान सुरु गरेको छ।

गैरदलित समुदायकी प्रेमिकालाई भगाएर बिहे गर्न खोजे....

मानवअधिकार आयोगद्वारा रुकुम घट्नाको अनुसन्धान सुरु

जाजरकोटा, जेठ २० : राष्ट्रिय मानवअधिकार आयोगले रुकुम पश्चिम घटनाको अनुसन्धान सुरु गरेको छ।

गैरदलित समुदायकी प्रेमिकालाई भगाएर बिहे गर्न खोजेपछि जाजरकोटका नवराज विकसहित १८ जनालाई रुकुम पश्चिमको चौरजहारी नगरपालिका  सोतीका वासिन्दाले कुटपिट गरेका थिए। कुटपिटबाट नवराजसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता रहेका छन्।

त्यहि घटनाको अनुसन्धान गर्न मानवअधिकार आयोगको टोली जाजरकोट पुगेको हो। आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ।

टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको छ।

पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन्। 'दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो,' नवराजका बुवा मुनलाल विकले आयोगको टोलीसँग भने, 'हत्यारालाई कारबाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाउन्।'

स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिए।

उनले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै भने, 'हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढङ्गले नियालिरहेका छौं। यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौँ। स्थलगत अध्ययनपछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पार्छौँ। सरकारलाई दिन्छौँ। हाम्रो खबरदारी निरन्तर जारी रहने छ।'

यसअघि पनि आयोगलाई रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ।

गृह मन्त्रालयले गठन गरेको टोली पनि छानविनका लागि रुकुम पुगेको थियो। त्यस्तै, स्थानीय प्रशासनको टोली पनि छानविनमा लागेको छ।

प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्