Kathmandu Press

आज निर्जला एकादशी पर्व 

काठमाडौं, जेठ २० : वैदिक सनातन धर्मावलम्बीले घरघरमा  तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एक....

आज निर्जला एकादशी पर्व 

काठमाडौं, जेठ २० : वैदिक सनातन धर्मावलम्बीले घरघरमा  तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ ।

यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ । आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ ।

यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउँछन् ।
 

प्रकाशित मिति: ०८:३६ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्