भारतमा संक्रमितको संख्या २ लाख नजिक, ५ हजार ६ सय वढीको मृत्यु
काठमाडौं, जेठ २० : भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा....

काठमाडौं, जेठ २० : भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो । यसैगरी एकै दिन ७ हजार ७६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ ।
वर्ल्डोमिटर्सको मंगलबार बिहान साढे ५ बजेसम्मको तथ्यांकानुसार १ लाख ९८ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् । यसैबीच कोरोना प्रभावित मुलुकहरूको सूचिमा भारत ७ औँ स्थानमा परेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा पुगेको हो । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भइरहेको छ ।











