Kathmandu Press

पाल्पामा दुई जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १९ : पाल्पामा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा ....

पाल्पामा दुई जनामा कोरोनाको संक्रमण पुष्टि
सांकेतिक

काठमाडौं, जेठ १९ : पाल्पामा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १८११ पुगेको छ। तीमध्ये २२१ जना निको भएर घर फर्किएका छन् भने सात जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्