Kathmandu Press

समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव 

काठमाडौं, जेठ १९ : समाजवादी पार्टी र राजपा नेपालले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

सरकारले भारतले अतिक्रमण गरेको....

समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव 

काठमाडौं, जेठ १९ : समाजवादी पार्टी र राजपा नेपालले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक समेटेर जारी गरेको नक्सा संविधानको अनूसूचीमा राख्न संशोधन प्रस्ताव दर्ता गराए लगत्तै समाजवादी र राजपाले सोमबार छुट्टै संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

संविधान जारी भएलगत्तै असन्तुष्टि राख्दै आएका दुई मधेसकेन्द्रित दलले आफ्ना माग सम्बोधन गराउन संशोधन प्रस्ताव दर्ता गराएको राजपाका नेता केशव झाले जानकारी दिए। संविधानका २० वटा धारा र अनूसूची ५ र ६ मा भएका व्यवस्थाले पहिचान पक्षधरको अधिकार सुनिश्चित नगर्ने बताउँदै संविधान सर्वस्वीकार्य बनाउन संशोधन प्रस्ताव दर्ता गराइएको छ।


 

प्रकाशित मिति: १८:२० बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्