Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, जेठ १९ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री ओली राष्ट्रपति....

राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
फाइल

काठमाडौं, जेठ १९ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न सोमबार बिहान शीतल निवास पुगेका थिए। भेटमा उनीहरुबीच कोरोना संक्रमणको असर, संविधान संशोधन लगायतका विषयमा छलफल भएको शीतलनिवास स्रोतले जनाएको छ। 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घण्टा छलफल भएको थियो। यसअघि सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो। त्यसको व्यवस्थापनका लागि सेना परिचालन गर्ने पनि सरकारले निर्णय गरेको थियो। 

स्रोतका अनुसार उनीहरुबीच  क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सेना परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो। 
 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्