Kathmandu Press

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी चिनफिङ भारतमा

सीको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काइ छी र सीपीसी राजनीतिक ब्युरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यी पनि सहभागी छन् ।
ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी चिनफिङ भारतमा

नयाँ दिल्ली, भदाै २८ : चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्लीमा आयोजना हुने शिखर सम्मेलनमा सहभागी हुन गएका हुन् ।

सीको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काइ छी र सीपीसी राजनीतिक ब्युरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यी पनि सहभागी छन् ।

भारतको अध्यक्षतामा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रका शीर्ष नेताहरूले आर्थिक सहकार्य, विश्व शासन व्यवस्था, व्यापार, लगानी र बहुपक्षीय सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: १२:०१ बजे, आइतबार, भदौ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्