बाँकेका थप ७ जनामा कोरोनाको संक्रमण
काठमाडौं, जेठ १९ : बाँकेका थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक....

काठमाडौं, जेठ १९ : बाँकेका थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका सात जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
संक्रमितहरु १७ देखि ३५ वर्षका पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ। संक्रमितमध्ये २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सात जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:४७ बजे, सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











