Kathmandu Press

सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

पोखरा, फागुन २८ : कांग्रेस सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।

....
सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

पोखरा, फागुन २८ : कांग्रेस सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी भएको सम्झौता राष्ट्रघाती भएको बताएका हुन् । ‘नेपालको कुनै पनि भू-भागलाई टुक्राउने गरी जनमत वा जनअभिमत गराउने अधिकार सरकारलाई छैन,’ देउवाले भने, ‘सिकेसँगको सम्झौता राष्ट्रघाती हो ।’

Hardik ivf

देउवाले कांग्रेस अखण्ड मुलुकप्रति हुने कुनै प्रहार र हमलाको विरोधमा उत्रने पनि बताए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनेका छन् । सम्झौतालाई नेकपा र प्रधानमन्त्रीले अर्थाएको जस्तो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘प्रधानमन्त्रीले राष्ट्रघात गरेका वास्तवमा ।’

देउवाले सरकारसँग भएको सम्झौतापछि सिके राउतले अलग्गै देशबाट सहमति लिएजसरी बोलेको पनि बताए ।

‘सिके राउतले अलग्गै देश बनाउन सहमति भयो भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’

देउवाले सम्झौता के हो भन्ने विषयमा त्यसपछि सिकेले बोलेको हेरे पुग्ने पनि बताए । ‘सिके राउतले सम्झौता पछि के बोलेका छन् ? जनकपुरमा के भयो,’ देउवाले भने, ‘यि सबै विषयहरुले सिकेसँग भएको सम्झौता राष्ट्रघाती नै हो भन्ने बुझिन्छ ।’

प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, फागुन २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्