विश्वासको मत लिँदै मुख्यमन्त्री थापा
बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मकवानपुर, भदौ ८ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिने भएका छन्। यसका लागिआज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक बस्दै छ।
बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते वाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राप्रपामा विवाद छ। नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ‘ह्वीप’ जारी गरेको छ।
प्रकाशित मिति: ११:३५ बजे, सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











