Kathmandu Press

बागमती सरकारबाट एमाले तत्काल नबाहरिने, केन्द्रको निर्णय कुर्ने

उनले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन यथावत् रहेको बताउँदै केन्द्रमा नयाँ राजनीतिक समीकरणबारे छलफल भइरहे पनि त्यसको प्रभाव प्रदेश सरकारमा तत्काल नपर्ने उल्लेख गरे।
बागमती सरकारबाट एमाले तत्काल नबाहरिने, केन्द्रको निर्णय कुर्ने

मकवानपुर, साउन ४ : केन्द्रीय राजनीतिक समीकरण फेरिने चर्चाबीच नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल नबाहिरिने  भएको छ।

काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने प्रस्ट पारे। उनले पछिल्लो समय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा फैलिएको मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चा अनुमान र हल्लामात्र भएको बताए।

उनले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन यथावत् रहेको बताउँदै केन्द्रमा नयाँ राजनीतिक समीकरणबारे छलफल भइरहे पनि त्यसको प्रभाव प्रदेश सरकारमा तत्काल नपर्ने उल्लेख गरे।
 
प्रकाशित मिति: १४:१६ बजे, सोमबार, साउन ४, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्