Kathmandu Press

साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]

शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्।
साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]

काठमाडौं, साउन १ : साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।  

शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्।

साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले मन्दिरमा भक्तजनको चाप बढेको हो। 

श्रद्धालुहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा आवश्यक व्यवस्था मिलाएको छ। 

सौरमासअनुसार साउन १ गतेलाई साउने (कर्कट) संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यस दिन स्नान र दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो चुरा, पोते र पहिरनमा सजिएर भगवान शिवको पूजा–आराधना गरी सुख, शान्ति र अटल सौभाग्यको कामना गर्ने गर्दछन्।

photo-22_a1311c5c-1784267013.jpg

photo-5_bf8af6eb-1784267002.jpg

photo-2_d799c4c4-1784267009.jpg

photo-22_a1311c5c-1784267013.jpg

photo-13_97d9deec-1784266989.jpg

photo-6_c5a0c035-1784266989.jpg

photo-25_f57a0aaf-1784266748.jpg

photo-24_54106d9e-1784266988.jpg

photo-20_f04eaa10-1784266988.jpg

photo-9_5e303396-1784266996.jpg

photo-12_4c1dab9f-1784266995.jpg

photo-1_3c8c16c2-1784267009.jpg

photo-7_cba0a3c4-1784267002.jpg

photo-26_91bf3bc4-1784267013.jpg

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, साउन १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्