Kathmandu Press

कम कबोल गरेको टेन्डर रद्द गरेर नयाँ टेण्डर<br> लेखा समितिले भन्यो, ‘सवै रद्द गर्नु’ 

काठमाडौं, फागुन २७ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले इन्जिन मर्मतमा बढी कबोल गर्ने कम्पनीलाई दिनको लागि टेन्डरनै रद्द गरेका छन....

कम कबोल गरेको टेन्डर रद्द गरेर नयाँ टेण्डर<br> लेखा समितिले भन्यो, ‘सवै रद्द गर्नु’ 
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, फागुन २७ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले इन्जिन मर्मतमा बढी कबोल गर्ने कम्पनीलाई दिनको लागि टेन्डरनै रद्द गरेका छन् । 

खरेल अध्यक्षमा नियुक्त भएपछि विगतमा प्रक्रियागत रुपमा अघि बढेको टेन्डरलाई रद्द गरेर नयाँ प्रक्रिया मार्फत धेरै कबोल गर्ने कम्पनीलाई दिन खोजेको भेटिएको हो । उनले प्रक्रियागत रुपमा अघि बढेको टेन्डर समेत रद्द गरेर नयाँ टेन्डर आह्वान गरेपछि नयाँ तथ्य खुलेको हो । 

विगतमा कार्यकारी भूमिकामा रहेका महाप्रवन्धक सुगतरत्न कंसाकारले गरेका सवै टेन्डर धमाधम रद्द भएपछि टेन्डरमा सहभागि कम्पनीहरु संसदको सार्वजनिक लेखा र अख्तियार दूरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिन पुगेका छन् ।

Hardik ivf

थोरै कवोल गर्नेलाई हटाउन नयाँ टेन्डर  

खरेललले एयरबस ३२० न्यारोवडी दुई थान जहाजका ४ थान इन्जिनको मर्मत रि–टेन्डर गरेर थोरै रकम टेन्डर हाल्ने कम्पनीलाई आउट गर्न लागेका हुन् । 

निगमले २०१८ मे ११ मा पहिलो पटक प्रकाशित इन्जिनको मर्मत तथा लिजको डेन्डर रद्द गर्दै जनवरी ८ मा पुनः इन्जिन मर्मतका लागि मात्रै टेन्डर गरेको थियो । विगतमा भएको टेन्डरमा ६ वर्षका लागि एजे वार्टरले ९.१ मिलियन डलरमा आवेदन दिएको थियो । त्यस्तै एमएस लुफ्थान्साले ६.८ मिलियन डलरमा आवेदन दिएको थियो । एमएस लुफ्थान्साले पाउने पक्का भएपछि खरेलले उक्त टेन्डर रद्द गरेर नयाँ आह्वान गरेका हुन् । 

वाइडवडी जहाजमा सिधै एजे वार्टरलाई 

न्यारोबडी जहाजको इन्जिन मर्मतमा थोरै रकम कबोल गरेर टेन्डरमा सहभागि भएको कम्पनी एमएस लुफ्थान्साले काम गर्न नसक्ने भन्दै सिधै कम्पनी छनोट गरिएको छ । निगमले ए ३३० वाइडबडी जहाजको पिबिएचको आधारमा ‘कम्पोनेन्ट सपोर्ट सर्भिस’का लागि २०१८ जुलाई ११ मा टेन्डर गरेको थियो ।

टेन्डरमा ४ वटा कम्पनी सहभागी भए पनि २ वटाले धरौटी रकम दाखिला नगरेको र लुफ्थान्साले तोके अनुसारको सामान दिन नसक्ने भन्दै  प्रस्ताव पेस गरेका कारण निगमले एजे वार्टरलाई छनोट गरेको थियो । 

निगमले दुई थान वाइडबडी जहाजका लागि आवश्यक इन्जिन पार्टपूर्जा खरिदको लागि भन्दै ८ वर्षका लागि एजे वार्टरलाई छनोट गर्ने निर्णय गरेको छ । 

सवै प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन  

संसदको सार्वजनिक लेखा समितिले न्यारोवडी र वाइडवडीको नयाँ प्रक्रिया रोक्न  निर्देशन दिएको छ ।  लेखा समितिले सबैभन्दा थौरे रकममा काम गर्छु भनी कबुल गर्ने एमएस लुफ्थान्सालाई टेन्डर प्रक्रियाबाट अलग गरी बढी रकममा काम गर्ने कम्पनी छनोट गरिएको निष्कर्षसमेत निकालेको छ । लेखा समितिले न्यारोवडी र वाइडवडी जहाजको इन्जिन मर्मतमा निगमलाई झन्डै ३ अर्व भन्दा बढी क्षति पु¥याउन खोजेको आरोप समेत लगाएको छ । 

वाइडवडी जहाज इन्जिन मर्मतको लागि कम रकममा काम गर्छ भनी कबुल गर्नेलाई अवार्ड नगरी अर्को कम्पनीलाई अवार्ड गर्दा एक सय ५३ करोड रुपैयाँ राज्यलाई घाटा हुने देखिएकोले सम्झौता नगर्न निर्देशन दिएको समितिका सभापति भरत शाहले बताए । 

निगमले दुई थान वाइडबडी जहाजका लागि आवश्यक इन्जिन पार्टपूर्जा खरिदको लागि भन्दै ८ वर्षका लागि एजे वार्टरलाई छनोट गर्ने निर्णय गरेको थियो । 

ए ३२० को पुरानै टेन्डरलाई मान्यता  

लेखा समितिले निगमले न्यारोबडी ए ३२० जहाजको इन्जिन मर्मतका लागि गरिएको रि–टेन्डर  प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । खरेलले पहिलोपटक प्रकाशित टेन्डर रद्द गरेर निगमलाई थप १ अर्ब ५३ करोड रुपैयाँ क्षति पुग्ने गरी रि–टेन्डर गरेको भन्दै सभापति शाहले पुरानै प्रक्रियालाई पुरा गर्न निर्देशन दिएको बताए । 


 

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, फागुन २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्