लिग-२को सिरिजका लागि टिम घोषणा, नन्दन र साहबको पुनरागमन
नन्दन लिग–२को अघिल्लो सिरिजका क्रममा घाइते भएपछि उनी प्रिमियर कप र एसियन गेम्सको टिममा थिएनन्। साहब एसियन गेम्स क्वालिफायरपछि टिममा परेका हुन्।
काठमाडाैं, असाेज १६ : आईसिसी विश्वकप लिग–२ ओमानमा हुने अन्तिम क्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टिम घोषणा गरेको छ। क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ हो।
नेपाली टिममा फास्टबलर नन्दन यादव र स्पिनर साहब आलमले पुनरागन गरेका छन्। नन्दन लिग–२को अघिल्लो सिरिजका क्रममा घाइते भएपछि उनी प्रिमियर कप र एसियन गेम्सको टिममा थिएनन्। साहब एसियन गेम्स क्वालिफायरपछि टिममा परेका हुन्।
क्यानले एसिसी प्रिमियर कप जितेको टिममा १ परिवर्तन गरेको छ। क्यानले फास्ट बलर हेमन्त धामीको स्थानमा नन्दनले टिममा स्थान बनाएका छन्।
कुशल भुर्तेल र सोमपाल कामी यो पटक पनि टिममा परेनन्। ओपनर अर्जुन कुमाल र आसिफ शेखले टिममा निरन्तरता पाएका छन्।
लिग २ को अन्तिम सिरिजन असोज २१ देखि ओमानमा सुरु हुनेछ। नेपालका लागि एकदिवसीय मान्यता जोगाउन महत्वपूर्ण मानिएको यो सिरिजमा नेपाल, ओमान र क्यानडा छन्।
नेपाली टिम ः सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल।











