Kathmandu Press

लुम्बिनी प्रदेशका ४ मन्त्रीले दिए राजीनामा

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले छन्।
लुम्बिनी प्रदेशका ४ मन्त्रीले दिए राजीनामा

दाङ, जेठ २० : लुम्बिनी प्रदेशका चार मन्त्रीले राजीनामा दिएका छन्। 

मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका छन्। 

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले छन्।

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।

कांग्रेस र एमालेबीच आधा–आधा कार्यकाल बाँड्ने सहमति भए पनि पार्टीभित्रकै किचलोले कांग्रेसले मुख्यमन्त्री गुमादेखिएको छ। 

प्रकाशित मिति: ११:४१ बजे, बुधबार, जेठ २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्