सुदूरपश्चिमका मुख्यमन्त्री पार्टीभित्रै अल्पमतमा, छलफलमा जुटे
शाहलाई दलको नेताबाट हटाउन ९ जना सदस्य बैठकले निर्णय गरेको हो। जसमा दिवानसिंह विष्ट, पदमबहादुर शाही, गिताकुमारी चौधरी,तुलसी देवकोटा, डम्मरी महरा, बेलबहादुर रानामगर, मानबहादुर रावल, ललिता सुनार र जुनाकुमारी दानी छन्।
कैलाली, जेठ १९ : सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नै पार्टी नेपाली कांग्रेसभित्रै अल्पमतमा परेका छन्।
कांग्रेसकै बहुमत प्रदेश सभा सदस्यहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेका छन्। यस्तो निर्णयपछि उनी दबाबमा परेका छन्।
पार्टीभित्रै अल्पमतमा परेपछि उनले आन्तरिक छलफल थालेका छन्। उनले मन्त्रीहरूसँग मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिररहेका छन्।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ जना प्रदेश सभा सदस्य छन्, त्यसमा प्रकाश देउवा नेपाल बाहिर छन्।
शाहलाई दलको नेताबाट हटाउन ९ जना सदस्य बैठकले निर्णय गरेको हो। जसमा दिवानसिंह विष्ट, पदमबहादुर शाही, गिताकुमारी चौधरी,तुलसी देवकोटा, डम्मरी महरा, बेलबहादुर रानामगर, मानबहादुर रावल, ललिता सुनार र जुनाकुमारी दानी छन्।
९ जनाले मुख्यमन्त्रीको विपक्षमा हस्ताक्षर गरेपछि शाह संसदीय दलमा अल्पमतमा परेका छन्।

-1779863931.jpg)