Kathmandu Press

मधेस प्रदेश नीति तथा कार्यक्रम सार्वजनिक

‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने नीति सरकारले लिएको छ। 
मधेस प्रदेश नीति तथा कार्यक्रम सार्वजनिक

धनुषा, जेठ १५ : मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ। 

शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेस प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

Hardik ivf

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेकाे छ। उसले ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखेर सरकारले उत्पादनमा जोड दिने नीति लिएको छ।

यस्तै, ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने नीति सरकारले लिएको छ। 

यस्तै, सरकारले सुशासन कायम गर्नका लागि  ‘नमस्ते मधेस’ र ‘हेलो सीएम’ एप्स सञ्चालन गर्ने पनि नीति तथा कार्याक्रममा उल्लेख छ। 

मधेस  सरकारले मुख्यमन्त्री बेटी बढाउ, बेटी बचाउ कार्यक्रमलाई परिमार्जन गरी सञ्चालन गर्ने भएको छ। 

‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशिल नारी, समृद्ध मधेस’ नाराका साथ उक्त कार्यक्रम परिर्माजन गरी सञ्चालन गर्ने सरकारको नीति छ। 
 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्