Kathmandu Press

काभा महिला भलिबलको सेमिफाइनलमा नेपालले इरानसँग खेल्दै

डिफेन्डिङ च्याम्पियन इरान समूह बीको विजेताका रुपमा सेमिफाइलन पुगेको हो भने नेपाल समूह एको उपविजेता हो। 
काभा महिला भलिबलको सेमिफाइनलमा नेपालले इरानसँग खेल्दै

काठमाडाैं, जेठ १४ : काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बलियो इरानसँग खेल्दै छ। 

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्का कभर्डहलमा साँझ ५ बज सुरु हुनेछ। 

डिफेन्डिङ च्याम्पियन इरान समूह बीको विजेताका रुपमा सेमिफाइलन पुगेको हो भने नेपाल समूह एको उपविजेता हो। 

समूह चरणमा इरानले तीनवटै खेलमा विपक्षी विपक्षीलाई सोझो सेटमा हराएको थियो। त्यसैले यो सेमिफाइनल नेपलाका लागि निकै कठिन हुनेछ।

यसअघि सन् २०२४ मा काठमाडौंमा भएको प्रतियोगितामा इरान र नपालबीच दुई खेल हुँदा दुवैले एक–एक खेल जितेका थिए।

आजै अर्को सेमिफाइनल पनि हुनेछ। साढे २ बजे सुरु हुने खेलमा भारत र काजखस्तान भीड्ने छन्। 
 
प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, जेठ १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्