Kathmandu Press

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

‘सम्माननीय सभामुख मार्फत म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । स्वर्गीय सन्तोष राईको पार्थिव शरीर तत्काल नेपाल ल्याई परिवारलाई जिम्मा लगाउने आवश्यक व्यवस्था मिलाइयोस्।’
कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं, जेठ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन्। 

Hardik ivf

मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

सांसद तामाङले सरकारसँग जोडदार माग गर्दै भनिन्, ‘सम्माननीय सभामुख मार्फत म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । स्वर्गीय सन्तोष राईको पार्थिव शरीर तत्काल नेपाल ल्याई परिवारलाई जिम्मा लगाउने आवश्यक व्यवस्था मिलाइयोस्।’

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नागरिकको शव स्वदेश ल्याउन ढिलाइ हुनुले पीडित परिवारमा थप पीडा थपेको भन्दै उनले सरकारलाई यस विषयमा संवेदनशील हुन आग्रह गरिन ।

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, जेठ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्