Kathmandu Press

उर्लाबारीमा ४ दिनदेखि हराएकी महिलाको शव भेटियाे

चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उर्लाबारीमा ४ दिनदेखि हराएकी महिलाको शव भेटियाे

माेरङ, जेठ १२ : मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ।

चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

Hardik ivf

स्थानीयका अनुसार शव फुलिएको अवस्थामा थियो। मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमान्ले गरेका हुन्। 

प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ। शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ 

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, जेठ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्