बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
मकवानपुर, जेठ १२ : बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
नीति तथा कार्यक्रम प्रस्तुत गरिने विशेष बैठकका लागि प्रदेशसभा सदस्यहरूलाई बैठक प्रारम्भ हुनुभन्दा १५ मिनेटअघि नै औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ।
मंगलबार अपराह्न बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्बाट पारित भएपछि उक्त नीति तथा कार्यक्रम प्रदेश प्रमुखमार्फत प्रदेशसभामा प्रस्तुत गर्न लागिएको हो।
प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखिएको अपेक्षा गरिएको छ।
नीति तथा कार्यक्रम सार्वजनिक भएपछि त्यसमाथि प्रदेशसभामा छलफल हुने र त्यसका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढ्नेछ










-1779700642-1779702715.jpg)

