Kathmandu Press

फिफा विश्वकपका लागि कोलम्बियन टोली घोषणा

रोड्रिगेज तेस्रोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् । यसअघि, उनले सन् २०१४ र २०१८ को विश्वकप खेलेका थिए । २०२२ मा सम्पन्न पछिल्लो संस्करणमा भने कोलम्बिया छनोट हुन सकेको थिएन । 
फिफा विश्वकपका लागि कोलम्बियन टोली घोषणा

काठमाडौं, जेठ १२ : लुइस डियाज र जेम्स रोड्रिगेजलाई समेट्दै फिफा विश्वकप–२०२६ का लागि कोलम्बियन टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक नेस्टर लोरेन्जोले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । 

रोड्रिगेज तेस्रोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् । यसअघि, उनले सन् २०१४ र २०१८ को विश्वकप खेलेका थिए । २०२२ मा सम्पन्न पछिल्लो संस्करणमा भने कोलम्बिया छनोट हुन सकेको थिएन । 

रोड्रिगेजले सन् २०१४ मा गोल्डेन बुट जितेका थिए । डियाजका लागि भने यो पहिलो विश्वकप हुनेछ । 

Hardik ivf

फिफा विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ । समूह ‘के’मा कोलम्बिया, पोर्चुगल, उज्वेकिस्तान र डीआर कंगो छन् । कोलम्बियाले जुन १७ मा उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । टोलीले जुन २३ मा कंगो र जुन २७ मा पोर्चुगलसँग खेल्नेछ । 

कोलम्बियन टोली

गोलकिपर : क्यामिलो वर्गास, डेभिड ओस्पिना, अल्भारो मोन्टेरो

डिफेन्डर : जोहान मोजिका, डेभर मचाडो, डेनियल मुनोज, सान्टियागो एरियास, डेभिन्सन सान्चेज, जोन लुकुमी, यारी मिना, विलर डिट्टा

मिडफिल्डर :  जेफरसन लेर्मा, रिचर्ड रियोस, केभिन कास्टानो, जर्ज कारासकल, जेम्स रोड्रिगेज, जुआन फर्नान्डो क्विन्टेरो, गुस्ताभो पुएर्टा, जुआन क्यामिलो पोर्टिला, जोन एरियास, जमिल्टन क्याम्पाज

फरवार्ड : कार्लोस एन्ड्रेस गोमेज, लुइस सुआरेज, जोन कोर्डोबा, जुआन क्यामिलो हर्नान्डेज, लुइस डियाज

प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, जेठ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्