Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री र कांग्रेसका सभापतिबीच भेट

सभापति थापालाई भेट्न मुख्यमन्त्री शाह कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए। मुख्यमन्त्री शाह र सभापति थापाबीच आज शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री र कांग्रेसका सभापतिबीच भेट

काठमाडौं, जेठ १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटवार्ता गरेका छन्।

सभापति थापालाई भेट्न मुख्यमन्त्री शाह कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए। मुख्यमन्त्री शाह र सभापति थापाबीच आज शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

Hardik ivf

सभापति थापा र मुख्यमन्त्री शाहबीच सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भएको बताइएको छ। मुख्यमन्त्री शाहको सचिवालयअनुसार प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीलाई पनि सहभागी गराउने आन्तरिक तयारी छ।

मुख्यमन्त्री शाहले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका बताइएको छ। 

प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, जेठ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्