Kathmandu Press

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिँदै

गत २२ गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिँदै

जनकपुर, जेठ १ : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

गत २२ गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ।

हाल नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालको २६, नेकपा माओवादी र नेकपा एसको ७/७ जना सांसद गरी कुल ६२ जना सांसद सरकारको पक्षमा रहेका छन् । सरकारलाई विश्वासको मतका लागि ५२ जना सांसदको समर्थन भए पुग्ने छ।

प्रदेश सभामा एमालेका १ जना, माओवादीका २ जना, जनमत पार्टीका १ जना सांसद पदमुक्त भइसकेका छन् । दुई जना निलम्बनमा छन् । जनमत पार्टी विपक्षमा उभिए पनि सरकारले समर्थन पाउने निश्चित देखिएको छ।

प्रकाशित मिति: ०९:२६ बजे, शुक्रबार, जेठ १, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्