Kathmandu Press

मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने

जनमत पार्टीले समर्थन फिर्ता गरेपनि सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन्।
मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने

धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ।

जनमत पार्टीले समर्थन फिर्ता गरेपनि सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन्। उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्।

कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।

गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो।

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, वैशाख २७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्