बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घरमा शुद्धीकरण विभागको छापा
अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले बानियाँको हेटौंडाको सानोपोखरामा रहेको घर र घरमै रहेको र उनको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेको हो।
मकवानपुर, वैशाख २१ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर सम्पत्ति शुद्धीकरण अनुसन्धन विभागले छापा मारेको छ।
अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले बानियाँको हेटौंडाको सानोपोखरामा रहेको घर र घरमै रहेको र उनको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेको हो।
विभागले काठमाडौंस्थित नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालयमा छापा मारेको बताएको छ। घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको बताइएको छ।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री छन्।
प्रकाशित मिति: १४:३८ बजे, सोमबार, वैशाख २१, २०८३
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)