Kathmandu Press

वाग्मती र लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

वाग्मती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
वाग्मती र लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
Hardik ivf

काठमाडौं, वैशाख ६ : वागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज (वैशाख ६) बस्दै छन् । वाग्मती प्रदेशसभाको बैठक बिहान ११ बजे र लुम्बिनी  प्रदेशसभाको बैठक अपराह्न १ बजे बस्ने सम्भावित कार्यसूची छ ।  

वाग्मती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

प्रदेशसभाको गत चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ प्रस्तुत भई समान्य छलफलसमेत भएको थियो । 

प्रकाशित मिति: ०९:१६ बजे, आइतबार, वैशाख ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्