Kathmandu Press

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘हिजो प्रश्न गर्ने ठाउँमा रहेका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुगेका छन् । अब बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्छ,’ उनले भने।
‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

कैलाली, फागुन २९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी का जनप्रतिनिधिले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताएका छन्।। 

घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा उनले भने, ‘जनताले दिएको मतको सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्छ।’ 

Hardik ivf

उनल युवा विदेश पलायन भइरहेका विषयमा चिन्ता व्यक्त गरे। ‘हिजो प्रश्न गर्ने ठाउँमा रहेका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुगेका छन् । अब बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्छ,’ उनले भने।

मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको बताउँदै अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, फागुन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्