Kathmandu Press

सिरहामा रास्वपाको‘क्लिनस्वीप

राजनीतिक विश्लेषकहरूका अनुसार सिरहामा रास्वपाको यो विजय केवल चुनावी जित मात्र नभई परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारप्रति जनताको बढ्दो विश्वासको संकेत पनि हो ।
सिरहामा रास्वपाको‘क्लिनस्वीप

सिरहा, फागुन २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरहा जिल्लाका चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयी हासिल गर्दै ऐतिहासिक ‘क्लिन स्वीप’ गरेको छ । यससँगै सिरहा जिल्लामा रास्वपाले उल्लेखनीय राजनीतिक सफलता हात पारेको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामअनुसार सिरहा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। चारै क्षेत्रमा मतदाताले रास्वपालाई भारी मतसहित समर्थन जनाएका छन्, जसले जिल्लामा नयाँ राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ।

Hardik ivf

राजनीतिक विश्लेषकहरूका अनुसार सिरहामा रास्वपाको यो विजय केवल चुनावी जित मात्र नभई परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारप्रति जनताको बढ्दो विश्वासको संकेत पनि हो । परम्परागत दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै मतदाताले वैकल्पिक शक्तिका रूपमा रास्वपालाई रोजेको देखिएको छ।

चारै क्षेत्रमा विजय हासिल गरेपछि सिरहा जिल्लामा रास्वपाको प्रभाव बलियो बनेको छ। यस ऐतिहासिक सफलताले पार्टीलाई आगामी दिनमा अझ जिम्मेवार भएर जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौतीसमेत थपेको छ।

सिरहावासी मतदाताले दिएको यस समर्थनलाई परिवर्तनको संकेतका रूपमा हेरिएको छ। राजनीतिक वृत्तमा पनि सिरहामा रास्वपाको ‘क्लिन स्वीप’ लाई महत्वपूर्ण उपलब्धिका रूपमा चर्चा गरिएको छ।

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, फागुन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्