Kathmandu Press

ओलीले मतदानपछि भने- देशलाई स्थिरतामा लैजानुपर्नेछ

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रुपमा भइरहेकोमा खुसी लागेको बताए। उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन्।
ओलीले मतदानपछि भने- देशलाई स्थिरतामा लैजानुपर्नेछ

काठमाडौं, फागुन २१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज(विहीबार) बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रुपमा भइरहेकोमा खुसी लागेको बताए। उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन्।

‘शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। यसमा खुसी लाग्यो। निर्वाचनले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्नेछ। राजनीतिक क्रियाकलाप राजनीतिक र हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्नुपर्नेछ। लोकतन्त्रलाई फेरी उठाएर ल्याएर देशलाई स्थिरतामा ल्याइ सुशासन र विकासको बाटोमा देशलाई लानुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्