Kathmandu Press

दाङका ३ मतदान केन्द्रमा अहिलेसम्म खसेन मत

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँ पालिकाकाे वडा नम्बर १ मा ६८६ मतदाता रहेको जिला मतदान केन्द्र, वडा नम्बर ७ मा ५३० मतदाता रहेको मलैखाेला मतदान केन्द्र र दंगीशरण गाउँ पालिकाकाे वडा नम्बर १ मा ७५६ मतदाता रहेको काैवाघारी मतदान केन्द्रमा अहिलेसम्म शून्य मतदान रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ।
दाङका ३ मतदान केन्द्रमा अहिलेसम्म खसेन मत

दाङ, फागुन २१ : दाङका ३ वटा मतदान केन्द्रमा अहिलेसम्म एक मत पनि खसेकाे छैन।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँ पालिकाकाे वडा नम्बर १ मा ६८६ मतदाता रहेको जिला मतदान केन्द्र, वडा नम्बर ७ मा ५३० मतदाता रहेको मलैखाेला मतदान केन्द्र र दंगीशरण गाउँ पालिकाकाे वडा नम्बर १ मा ७५६ मतदाता रहेको काैवाघारी मतदान केन्द्रमा अहिलेसम्म शून्य मतदान रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ।

Hardik ivf

मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीसहितको टाेली १८ गते नै त्यहाँ पुगेर निर्वाचनकाे तयारी गरेका थिए।

अहिले बिहान १२ सम्म कुनै पनि मतदाता मतदान गर्न आएका छैनन्। दाङको क्षेत्र नम्बर ३ मा रहेको बाँके राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्रका बासिन्दाले जंगली जनावरको आतंकका कारण आफूहरुकाे बस्ती स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन्। 

गत २०७९ काे निर्वाचनमा पनि मतदान नगर्ने अडान लिएका यहाँका मतदाता नेताहरूकाे आश्वासनपछि मतदानमा सहभागी भएका थिए।

आफूहरुको माग सुनुवाइ नभएको भन्दै अहिलेकाे निर्वाचनमा शून्य मतदान गराउने सामूहिक निर्णयअनुसार मतदानमा सहभागी नभएकाे बबई गाउँपालिका-७ का वडा सदस्य चन्द्रबहादुर राङुमगरले बताए। 

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्