Kathmandu Press

झापा उड्नका लागि बालेनले २० गते नै अनुमति

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उडान अनुमति नलिएकाले बालेन चढेकाे हेलिकाेप्टर अवतरण नगरेकाे बताएका थिए। तर, बालेनले झापा जानका लागि फागुन २० गते अनुमति लिएकाे पाइएकाे छ।
झापा उड्नका लागि बालेनले २० गते नै अनुमति

काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह काठमाडौं मतदान गरेर हेलिकोप्टरमा आफू उठेको निर्वात क्षेत्र झापा हेलिकोप्टरमा गएका थिए। 

तर, उनी सवार हेलिकोप्टर त्यहाँ अवतरण नगरी काठमाडाैं फर्किएकाे थियाे। 

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उडान अनुमति नलिएकाले बालेन चढेकाे हेलिकाेप्टर अवतरण नगरेकाे बताएका थिए। तर, बालेनले झापा जानका लागि फागुन २० गते अनुमति लिएकाे पाइएकाे छ।

यता, बालेनकाे सचिवालयले अनुमति लिएको बताउँदै फर्किनुको कारण सुरक्षा जोखिम भएको बताए। 

बिहीबार बिहान करिब ९ बजेर ११ मिनेटमा काठमाडौंबाट उडेको हेली एभरेस्टको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थिय । अनुमति नभएका कारण निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको थियो।
 
प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्