Kathmandu Press

दोलखामा बुथ एजेन्टले नै लुटे मतपत्र, कर्मचारीमाथि हातपातको प्रयासपछि हवाई फायर

मतपत्र लुटपाट हुन थालेपछि मतदान रोकिएको हो। मतपत्र लुटपाट गर्न आएकाले कर्मचारीमाथि हातपातको प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको थियो। 
दोलखामा बुथ एजेन्टले नै लुटे मतपत्र, कर्मचारीमाथि हातपातको प्रयासपछि हवाई फायर

दोलखा, फागुन २१ : दोलखाको तामाकोशी गाउँपालिका–४, मालु मतदान केन्द्रमा रोकिएको मतदान रोकिएको छ। 

मतपत्र लुटपाट हुन थालेपछि मतदान रोकिएको हो। मतपत्र लुटपाट गर्न आएकाले कर्मचारीमाथि हातपातको प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको थियो। 

मतदान पुनः सुरु गर्न सर्वपक्षीय छलफल भइरहेको छ। 

अहिले बुथ एजेन्टहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखेको छ। बुथ एजेन्टहरूले मत्रपत्र लुटेका थिए। 
 
प्रकाशित मिति: १२:३० बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्