Kathmandu Press

मधेसले मेरो राजनीतिक दृष्टिकोणलाई परिपक्व बनायो : गगन थापा

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
मधेसले मेरो राजनीतिक दृष्टिकोणलाई परिपक्व बनायो : गगन थापा

काठमाडौं, फागुन २१ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले काठमाडौंमा बसेर लामो समय राजनीति गर्दा देशका बारेमा आफूले निकै कम मात्र बुझेको महसुस भएको बताए।

चुनावी अभियानका क्रममा पछिल्लो १०–१२ दिन मधेसमा बिताउँदा त्यहाँको समाज, विविधता र संरचनालाई नजिकबाट बुझ्ने अवसर पाएको उनले उल्लेख गरे।

थापाले मधेसको अनुभवबिना आफ्नो राजनीतिक यात्रा र बुझाइ अधुरै रहने दाबी समेत गरे। आफूलाई पहाड र काठमाडौंको लामो अनुभव भएपनि मधेसको बसाइले आफूलाई पूर्ण बनाएको उनको भनाइ थियो। देशभर आज प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहेको छ।

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्