मतपेटिका संकलन भएको २४ घण्टा भित्र परिणाम : भण्डारी
‘उत्साहपूर्वक र शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान प्रक्रियामा सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु,’ उनले भने।
काठमाडौं, फागनु २१ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन्।
भण्डारी आज (विहीबार) बिहानै काठमाडौं महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैले आ–आफ्नो तहबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गरे।
‘उत्साहपूर्वक र शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान प्रक्रियामा सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु,’ उनले भने।
उनले सर्वसाधरणहरुले एकदेखि दुई मिनेटमा मतदान गर्न सक्ने पनि बताए। साथै, उनले मतपेटिका संकलन भएको २४ घण्टामा भित्र मत गणना गरेर परिणाम सार्वजानिक गर्ने पनि बताए।
‘मतपेटिका संकलन भएपछि २४ घण्टा भित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्छौं। हिमाली क्षेत्रमा पनि मतदान भइरहेको छ, पाँच बजेसम्म मतदान सकिन्छ,’ उनले भने।












