Kathmandu Press

प्रधानमन्त्री सुशिला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपील

बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन्।
प्रधानमन्त्री सुशिला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपील

काठमाडौं, फागुन २१ : अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न आम नागरिकलाई आग्रह गरेकी छन्।

बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन्।

‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१ गते अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

प्रकाशित मिति: ०९:४० बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्