Kathmandu Press

रौतहटमा पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान, लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।
रौतहटमा पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान, लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान

रौतहट, फागुन २१ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज रौतहट क्षेत्र नं १ का मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले आ—आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।

Hardik ivf

बिहान ७ः५५ बजे मतदान केन्द्र पुगेका उनले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशको विषम परिस्थितिमा भइरहेको यो निर्वाचनलाई सफल बनाउन सबै मतदाताले सजगता, धैर्यता र जिम्मेवारीका साथ सहभागी हुनुपर्नेमा जोड दिए।

उनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोग अनिवार्य रहेको बताए ।

प्रकाशित मिति: ०९:३८ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्