Kathmandu Press

टि-२० विश्वकपमा नेदरल्यान्ड्स विजयी

पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेको डच टोलीले दोस्रो खेलमा नामिबियालाई ७ हराएको हो। 
टि-२० विश्वकपमा नेदरल्यान्ड्स विजयी

काठमाडाैं, माघ २७ : भारत र श्रीलंकामा जारी टि-२० विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ। पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेको डच टोलीले दोस्रो खेलमा नामिबियालाई ७ हराएको हो। 

मंगलबारको जितपछि नेदरल्यान्ड्स समूह एको दोस्रो स्थानमा उक्लेको छ। 

Hardik ivf

दिल्लीमा भएको खेलमा नामिबियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो। नामिबियाको लागि ओपनर जान फ्रिलिंकले ३०, जान निकोल लफ्टी इटनले ४२, जेरार्ड इरासमस १८ र जेजे स्मितले २२ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। 

नेदरल्यान्ड्सका बास डि लिड र लोगन भान बीकले समान २ तथा आर्यन दत्त र फ्रेड क्लासनले समान १ विकेट लिए। 

१५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५७ रनको लक्ष्य १८औँ ओभरमा ३ विकेट क्षतिमा १५९ रन बनाउँदै पूरा ग¥यो। यो जितमा डच टोलीका ओपनर माइकल लेविटले २८, डि लिडले ७२, कलिन अकरम्यानले ३२ र स्कट एडवार्ड्सले १८ रनको योगदान गरे। 

नामिबियाका बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पलम्यान र लफ्टी इटनले समान १ विकेट लिए पनि टोलीलाई जित दिलाउन असमर्थ रहे। 

खेलमा डि लिड प्लेयर अफ द म्याच भए। योसँगै दुई खेल खेलेको नेदरल्यान्ड्सको भारत र पाकिस्तानसरह समान २ अंक भएको छ। 

प्रकाशित मिति: १४:३० बजे, मंगलबार, माघ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्