ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर बने कुशल भुर्तेल, काठमाडौंमा नयाँ सोरुम सञ्चालनमा
सोही अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच हस्ताक्षर भएको छ।
काठमाडाैं, असाेज २६ : काठमाडौंको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ। सोमबार बालाजुस्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन्।
सोही अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच हस्ताक्षर भएको छ।
सोरुमको उद्घाटन गर्दै ब्रान्ड एम्बासडर भुर्तेलले ग्यालेक्सी फिटनेससँग जोडिन पाउनु खुसीको कुरा भएको बताए । ग्यालेक्सी फिटनेससँगको नयाँ सहकार्यले आफूलाई थप हौसला मिलेको पनि भुर्तेलको भनाइ छ।

क्रिकेटर मात्रै नभई सबै खेलाडीलाई फिटनेसको महत्व हुने भएकाले सहकार्यबाट उर्जा मिलेको भुर्तेलले बताए । ‘खेलाडीलाई फिटनेस अत्यावश्यक छ । फिट हुन जिम गर्नै पर्छ । त्यसैले ग्यालेक्सी फिटनेस परिवारमा जोडिन पाउँदा खुसी छु,’ भुर्तेलले भने।
ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीले पनि भुर्तेलजस्ता स्टार क्रिकेटरलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘भुर्तेलजस्तो क्रिकेटका स्टारलाई हामीले ग्यालेक्सी फिटनेस परिवारमा ब्रान्ड एम्बासडरका रूपमा भित्र्याउन सक्नु हाम्रो ठूलो सफलता हो । यसले हामीलाई पनि खेलकुदसँग जोडिएर काम गर्न थप उत्साह थपेको छ,’ प्रबन्ध निर्देशक अधिकारीले भने।
अधिकारीले भुर्तेलसँग ब्रान्ड एम्बासडरका रूपमा अहिले एक वर्षको औपचारिक सम्झौता भएको बताए । अधिकारीका अनुसार, सम्झौता एक वर्षका लागि भए पनि भुर्तेलसँग लामो समय सहकार्य हुनेछ । भुर्तेललाई ब्रान्ड एम्बासडरका रूपमा लामो समय सहकार्य हुने अधिकारीको भनाइ छ।

‘अहिले एक वर्षका लागि औपचारिक रूपमा सम्झौता भए पनि उहाँ र हामी लामो समयका लागि सँगै अघि बढ्न सहमत भएका छौँ,’ अधिकारीले भने । ब्रान्ड एम्बासडर भुर्तेलले पनि आफूहरूबीच लामो समयका लागि सहकार्य गर्ने सहमति भएको बताए। ‘हामी लामो समय सँगै हिँड्नेछौँ । त्यही अनुसार हामीबीच सहमति भएको छ,’ भुर्तेलले भने।
ब्रान्ड एम्बासडरमा नियुक्त भएका क्रिकेटर भुर्तेलसँगको सहकार्यले खेलकुद र फिटनेसलाई जोड्न तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । युवा व्यवसायीहरूको सामूहिक पहलमा अघि बढाइएको यस व्यवसायले आधुनिक फिटनेस उपकरणको पहुँच विस्तार गर्नुका साथै नेपालमा फिटनेस संस्कृतिको विकास र जिम व्यवसायको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
आधुनिक जिम तथा फिटनेस उपकरणको बिक्री तथा वितरण गर्दै आएको ग्यालेक्सी फिटनेसले युवा व्यवसायीहरूको सहकार्यमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो। नेपालमा जिम तथा फिटनेस उपकरणको बढ्दो मागलाई लक्षित गर्दै कम्पनीले आफ्नो सेवा तथा वितरण सञ्जाल विस्तार गरेको प्रबन्ध निर्देशक अधिकारीले बताए।

उनका अनुसार, कम्पनीले चीनबाट विभिन्न प्रकारका जिम तथा फिटनेस उपकरण आयात गर्दै आएको छ । कम्पनीले जिम, फिटनेस सेन्टर, होटल, रिसोर्ट तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी उपकरण बिक्री तथा वितरण गरिरहेको पनि प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए।
कम्पनीका अनुसार ग्यालेक्सी फिटनेसले देशरभर शाखा विस्तार गरिरहेको छ । अधिकारीका अनुसार, ग्यालेक्सी फिटनेसको शाखा काठमाडौंको कलंकीमा दशैँपछि सञ्चालनमा आउँदै छ । कम्पनीका झापाको दमक, रुपन्देहीको बुटवल र बेलबास, कास्कीको पोखरा र चितवनको नारायणगढमा शाखा सञ्चालनमा छन् । ग्यालेक्सी फिटनेसले अन्य ठाउँमा पनि विस्तारै शाखा विस्तार गर्दै जाने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ।











![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)