‘देशैभरी युवा आउनुपर्छ, युवा जाग्नु पर्छ’ बोलको गीत सार्वजनिक

काठमाडौं, माघ २१ : डेढ दशक लामो युवाका क्षेत्रमाका क्रियाशिल, उद्यमी एवं युवा अभियान्ता सरोज बानियाँको ‘निर्वाचनमा देशैभर युवा आउनुपर्छ, देश मुहार फेर्नलाई युवा जाग्नुपर्छ’ बोलको गित सार्वजनिक भएको छ । सार्बजनिक गीतमा शब्द तथा रचना बानियाँले गरेका हुन भने रामजी खाँण र प्रिती आलेले स्वर भरेका छन् । यस गितको संगीत भने सुबिन सेन्चुरीले गरेका छन् ।
बिशेषगरी भाद्र २३ र २४ गतेको जेन्जी तथा युवाहरुको आन्दोलन पश्चात देश अहिले आम निर्वाचनमा होमिएको छ र १६५ वटै निर्वाचन क्षेत्रबाट युवाहरु निर्वाचित भएर संसदलाई युवामय बनाउदै युवाका हकहित र युवा सम्बन्धि नीति तर्जुमा गर्नु पर्छ र देश विकास तवमात्र हुन सक्छ भन्ने सन्देश गीतले दिन खोजेको छ ।
यसअघि पनि बानियाँले ‘जाग युवा, उठ युवा’ बोलको गीत र ‘युवा तिमि के बन्ने’ बोलको दुईवटा गितहरु समेत सार्वजनिक गरिसकेका छन् । लामो समयदेखि युवाको क्षेत्रमा क्रियाशिल भई काम गर्दै नेपाली युवाहरु बिभिन्न तह र तप्कामा नेतृत्वदायी भुमिका आउनु पर्छ भन्दै युवाका लागि केन्द्रिय स्तर र प्रदेश स्तरमा समेत युवा उत्प्रेरणा सम्बन्धी कार्यक्रमहरु गर्दै आईरहनु भएको छ ।
सर्जक बानियाँ सामाजिक उद्यमशीलता, युवा उद्यमशीलतालाई प्रमुख प्राथमिकतामा राख्दै करिब १४ बर्ष देखि युवाका क्षेत्रमा काम गर्दै आईरहेका छन् ।












