Kathmandu Press

महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिन्छ : नगर प्रहरी प्रमुख जोशी

धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पत्ति संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न उनले नगर प्रहरीलाई निर्देशन दिए।
महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिन्छ : नगर प्रहरी प्रमुख जोशी

काठमाडौं, माघ ७ : काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराए।

Hardik ivf

धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पत्ति संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न उनले नगर प्रहरीलाई निर्देशन दिए। उनले काम गर्न नआउने र शक्ति केन्द्रमा धाउने बानी हटाउन आग्ह गरे। 

अहिले धेरै कुराहरू नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने बताउँदै उनले सबैसँग सभ्य र नरम भाषामा बोल्न सुझाव आग्रह गरे।

जोशीले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिए। विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि उनले बताए।

प्रकाशित मिति: १७:२५ बजे, बुधबार, माघ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्