Kathmandu Press

उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]

चीनसँगको सिमानाका हिल्सामा होटल व्यवसाय गर्दै आएकी स्थानीय लामु लामाका अनुसार हिल्सा, न्यालु, नारा लेखलगायत उच्च स्थानमा शनिबार बिहान पनि हिमपात भइरहेको छ ।
उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]

हुम्ला, असाेज १० : हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिल्सा, न्यालुलगायत उच्च क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भइरहेको छ।

जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको वर्षाका कारण साँझदेखि उच्च भूभागमा हिमपात भइरहेको छ। 

चीनसँगको सिमानाका हिल्सामा होटल व्यवसाय गर्दै आएकी स्थानीय लामु लामाका अनुसार हिल्सा, न्यालु, नारा लेखलगायत उच्च स्थानमा शनिबार बिहान पनि हिमपात भइरहेको छ । अहिले हिल्सामा करिब एक फिटसम्म हिउँ जमेको छ।

photo-3_4164067d-1790400726.jpeg

हिल्सामा हिउँ परिरहेका कारणा आवतजावतमा गर्न समस्या भएको लामाको भनाइ छ। 

पाँच हजार मिटर उचाइका अग्ला क्षेत्रमा हिमपात हुँदा उत्तरी हुम्लामा चिसो अचानक अत्यधिक बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । सुरुमा पानी परिरहेको थियोे, अहिले हिमपात भइरहेको छ । हिमपात हुँदा चिसो अत्यधिक बढेको प्रमुख जैसिले बताए। 

यस्तै सदरमुकाम सिमकोट नजिकैका बोक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा पनि हिमपात भएको छ । यो वर्षको पहिलो हिमपात भएको हो । गत वर्ष असोज २४ गते पहिलो हिमपात भएको थियो, भने यो वर्ष असोजको पहिलो साता ९ गते हिमपात भएको हो।

photo-2_50ad1947-1790400726.jpeg

शुक्रबारदेखि हिमाली जिल्ला हुम्लामा निरन्तर वर्षा र हिमपात भएपनि हालसम्म क्षति भने अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

photo-5_fe582902-1790401059.jpeg

photo-4_ebc940f8-1790401059.jpeg

photo-3_4164067d-1790401059.jpeg

photo-2_50ad1947-1790401060.jpeg

प्रकाशित मिति: ११:२३ बजे, शनिबार, असोज १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्