Kathmandu Press

अमेरिकाले गर्‍यो थप ८० नेपालीलाई डिपोर्ट

अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् ।
अमेरिकाले गर्‍यो थप ८० नेपालीलाई डिपोर्ट

काठमाडौं, माघ ७ : अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर नेपाल ल्याईएको हो । 

अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् ।

Hardik ivf

डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । 

यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरणरचरणमा डिपोर्ट गर्दै आइरहेको छ । 

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, माघ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्