Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

मान्य परिचयपत्रहरूमा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र, प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा प्राप्त प्रमाणपत्र, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र समावेश छन्।
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

काठमाडौं, माघ ७ : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न जाँदा मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजात मान्य हुने निर्णय गरेको छ।

आयोगका अनुसार माघ ११ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्दा निम्नमध्ये कुनै एक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

Hardik ivf

मान्य परिचयपत्रहरूमा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र, प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा प्राप्त प्रमाणपत्र, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र समावेश छन्।

यसैगरी, प्रदेश सभा सचिवालय वा स्थानीय तहले जारी गरेको पद खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: १०:४७ बजे, बुधबार, माघ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्